झापामा तोकिएको भन्दा बढी भाडा लिएका सवारीलाई कारबाही
Published:
by .झापा । लामो दुरीका सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै कारबाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
अन्तर प्रदेश चल्ने सवारी साधनले तोकिएको दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सवारी जाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख एवम प्रहरी निरीक्षक निषेश चापागाईँले बताए । सोमबार प्रहरीले झापाको लक्ष्मीपुर सडक खण्डमा साना ठुला गरि ३० वटा सवारी चेकजाच गरिएको जनाएको छ ।
३ वटा सवारीले ४ जना यात्रुबाट बढी भाडा लिएको पाइएकाले ती सवारीसाधनबाट ८ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए । यात्रुबाट बढी लिइएको बढी भाडा समेत फिर्ता गरिएको उनले बताए ।
निषेधाज्ञा खुकुलो भएसँगै गत साउन १ गतेबाट सवारीसाधनहरुलाई सुरक्षा अपनाएर सञ्चालन गर्न स्थानिय सरकारले अनुमति दिएको थियो ।
Comments