हकदावी सम्बन्धी एनएमसीको १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/४/४
१. जिल्ला झापा मेचीनगर– ७ बस्ने स्व. बम्कीन राजवंशी (सदस्य नं. २१३९८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल जेठ १९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–७ बस्ने निजका श्रीमती बनिता राजवंशीले आफ्नो श्रीमान्को नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल साउन ३ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
२. जिल्ला झापा मेचीनगर– ७ बस्ने स्व. साबित्रा लम्साल खड्का (सदस्य नं.६०४३९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल वैशाख २५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–७ बस्ने निजका भाइबुहारी धनमाया लम्सालले आफ्नो आमाजुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल असार २४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
३. जिल्ला झापा मेचीनगर– ७ बस्ने स्व. सिमे राजवंशी (सदस्य नं. छठठछज्ञ) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–७ बस्ने निजका छोरा हिन्दीलाल राजवंशीले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको शेयर तथा बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल असार २७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
– एनएमसी इँटाभट्टा कार्यालय
Comments