Sajhamanch Archive

मोरङ व्यापार संघद्वारा खाद्य तथा स्वास्थ्य सामग्री वितरण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर । मोरङ व्यापार संघले आफ्ना शाखाहरुलाई खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको छ ।

संघले जिल्लाका विभिन्न स्थानहरुमा कोभिड–१९ का कारण प्रभावित विपन्न तथा असहाय वर्गहरुलाई वितरण गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष प्रकाश मुन्दडाले सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लाबारी उद्योग वाणिज्य संघ, मिक्लाजुङ व्यापार संघ, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समिति, रंगेली उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिलाई चामल, दाल, तेल, बिस्कुट, चाउचाउ, नुन, मास्कलगायत सामग्री हस्तान्तरण गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *