सिम्रिकले गर्यो साढे दुई लाख ऋण मिनाहा
Published:
by .दमक । बिर्तामोड ४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पाडाजुँगी सेवा केन्द्रका सदस्य इखमाया खवासको असार २९ गते निधन भएकाले उनको नाममा बक्यौता रहेको दुई लाख ५५ हजार ९८६ रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ ।
सिम्रिक साकोसले परिवारको एक सदस्य गुमाएकोमा आफूहरु मर्माहत र स्तब्ध भएको भन्दै पाडाजुँगी सेवा केन्द्र प्रमुख वेदप्रसाद आचार्यले बताए । स्व. खवासले संस्थाबाट २ लाख ७० हजार ऋण लिएकोमा साँवा र ब्याज गरी दुई लाख ५५ हजार ९८६ रुपैयाँ बाँकी रहेकोमा सो रकम मिनाहा गरेको पत्र परिवारको सदस्यलाई हस्तान्तरण गरिएको हो ।
संस्थाका संचालक समिति सदस्य नबिन योगीसहित सेवा केन्द्र संयोजक र कर्मचारीहरु खवास निवास गएर श्रद्धाञ्जली अर्पण गर्दै कर्जा मिनाहाको पत्र प्रदान गरेका हुन् ।
शोकसभामा बोल्दै संस्थाका संचालक समिति सदस्य योगीले संस्थाले सदस्यको मृत्यू पश्चात् सदस्यको नाममा बाँकी रहेको ऋण नियमानुसार मिनाहा गर्दै परिवारको सदस्यलाई ऋणको बोझबाट मुक्त गर्ने संस्थाको नीति रहेको प्रस्ट पारेका थिए ।
सिम्रिक साकोसले झापा, इलाम र मोरङ्ग जिल्लामा गरी ३० वटा सेवा केन्द्रहरु संचालनमा ल्याएको छ ।
Comments