प्रदेश १ मा ६३५ संक्रमित थपिए
Published:
by .विराटनगर । प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ भरमा २ हजार ३०२ जनाको पीसीआर परीक्षण गरिएकोमा २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेह्रथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
मोरङको विराटनगरमा ७२, बेलबारीमा ५७, पथरी शनिश्चरेमा ५६, केराबारीमा २६, सुन्दर हरैंचामा १६, बुढीगंगामा १३, उर्लाबारीमा ८, जहदा, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, रंगेली, रतुवामाई र कटहरीमा १–१ जनामा संक्रमण भएको छ ।
यसैगरी, झापाको बिर्तामोडमा ४६, भद्रपुरमा ३२, दमकमा २५, मेचीनगरमा १७, कनकाई र अर्जुनधारामा १३–१३, शिवसताक्षीमा १२, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, बाह्रदशी र स्थानीय तह नखुलेका २–२, गौरादह र हल्दिबारीमा १–१ जना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा ७१, इटहरीमा ५८, रामधुनी र बराहक्षेत्रमा ८–८, इनरुवा र स्थानीय तह नखुलेका ५–५, दुहवीमा ३ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, तेह्रथुमको म्याङलुङमा ८, स्थानीय तह नखुलेको १, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका, माई जोगमाई, सुर्योदय र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, शहिदभूमीमा २, महालक्ष्मी र पाख्रिबासमा १–१ जना संक्रमित भएका छन् ।
उदयपुरको चौदण्डीगढीमा २, बेलका र कटारीमा १–१, ओखलढुङ्गाको सुनकोशी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र याङवरकमा १–१, भोजपुरको षडानन्द र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार १९० पुगेको छ । संक्रमित भएकामध्ये ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । आज ३०७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ रहेको छ ।
Comments