Sajhamanch Archive

वेस्ट इन्डिजविरुद्ध अष्ट्रेलियाको सहज जित

Published: in खेलकुद, मिडियाबाट साभार by .

काठमाडौं । अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीयमा फराकिलो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अष्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा १३३ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको २५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिज २६ ओभर २ बलमा अलआउट हुँदै १२३ रनमा समेटियो । घरेलु टोलीका लागि काइरन पोलार्डले ५६ रनको अर्धशतकीय पारी खेले । हेडन वाल्सले २० रन जोडे ।
बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ५ विकेट लिए । जोश हाजलउडले ३ विकेट झारे ।

यसअघि, पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाएर २५२ रन बनाएको थियो । डीएलको आधारमा वेस्ट इन्डिजले २५७ रनको नयाँ लक्ष्य पाएको थियो ।

अष्ट्रेलियाका कप्तान एलेक्स केरीले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । एस्टन टुर्नरले ४९ रन जोडे । फिलिप्सले ३९ रन बनाए ।

बलिङतर्फ वेस्ट इन्डिजका हेडन वाल्सले ५ विकेट लिए । अकिल हुसेन र अल्जारी जोशेफले २र२ विकेट झारे ।

जितसँगै अष्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *