टोकियो ओलम्पिक २०२० महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको उत्कृष्ठ सुरुवात
Published:
by .काठमाण्डौ । टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले उत्कृष्ठ सुरुवात गरेका छन् ।
गएराति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गर्यो । यस्तै, नेदरल्याण्ड्सले जाम्बियामाथि फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्याण्ड्सले जाम्बियालाई १०–३ गोल अन्तरले हरायो ।
नेदरल्याण्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित ४ गोल गरिन् भने लिके मार्टिनले दुई तथा सानिस भान डि सान्डेन, जिल रुड, लिनेथ विरेन्सटेन र भिक्टोरिया पेलोभाले एक एक गोल गरे । यस्तै गएरातिकै खेलमा स्वीडेनले अमेरिकालाई ३–० गोल अन्तरले पराजित गर्दा बेलायतले चिलीलाई २–० गोल अन्तरले हराएको छ ।
यस्तै, अस्ट्रेलियासँग न्यूजिल्याण्ड २ –१ गोल अन्तरले पराजित भएको छ भने जापान र क्यानडाले १–१ गोल गर्दै बराबरी खेलेका छन् ।
Comments