Sajhamanch Archive

भारतमा दैनिक भास्करको कार्यालयमा छापा

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा आज बिहीवार बिहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ ।

सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छन् ।

सुरभीले भनीन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यतिमात्र बताउन सक्छौँ ।’

दैनिक भास्करका नेशनल एडिटर लक्ष्मी प्रसाद पन्तले सीबीडीटीको टोली जयपुर कार्यालयमा पुगेको खबर प्राप्त भएको छ ।

दैनिक भास्कर भारतको चर्चित हिन्दी अखबार हो । दैनिक भास्करले कोभिड महामारीको समयमा खोजमूलक समाचारहरू प्रकाशित गरेको थियो जसमा सरकारले कोभिड महामारी व्यवस्थापनमा गरेको क्रियाकलापमाथि प्रश्न उठाएको थियो ।

दैनिक भास्करको कार्यालयमा छापा मारिएको विरोधमा विपक्षीले नाराबाजी गरेपछि दुवै सदन स्थगित गरिएको छ । दुवै सदन दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीले दैनिक भास्कर कार्यालयमा छापा मारेर मिडियालाई डराउने काम गरेको आरोप पनि लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *