Sajhamanch Archive

प्रदेश १ मा कोभिड–१९ः ४५८ थपिए, ४०३ जना संक्रमणमुक्त, ६११५ जना सक्रिय संक्रमित

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

corona

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छ । १ हजार ६१२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा ७०, बिर्तामोडमा ३७, मेचीनगरमा २४, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, कमल गाउँपालिकामा ७, भद्रपुरमा ७, बुद्धशान्तिमा ६, बाह्रदशीमा ३, गौरादह र झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१ जना संक्रमित भएका छन् ।

मोरङको विराटनगरमा ५३, बेलबारीमा २७, केराबारीमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ४, पथरीशनिश्चरेमा ३, बुढीगंगा, लेटाङ र स्थानीय तह नखुलेका २–२, रतुवामाई र कानेपोखरीमा १–१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, सुनसरीको धरानमा ४९, इटहरीमा ३०, कोशी गाउँपालिका, दुहवी, बराहक्षेत्र र देवानगञ्जमा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १ जनामा संक्रमण भएको छ ।

यसैगरी, धनकुटाको धनकुटा नगरपालिका, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, उदयपुरको कटारी र बेलकामा १–१, ताप्लेजुङको फुङलिङ, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको बराहपोखरी १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । आज ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ११५ जना रहेको मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *