Sajhamanch Archive

रुसमा कोरोनाको डेल्टा भेरियन्टसँगै गामा भेरियन्टको खतरा

Published: in विश्व समाचार by .

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण रुसमा फेरि पनि बढ्न थालेको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ ।

अहिले डेल्टासँगै गामा भेरियन्ट फैलिरहेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

धेरै सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको खबरमा उल्लेख छ। यस्तै, यी दुई भेरियन्टविरुद्ध खोपले पनि प्रभावकारी काम गर्छ गर्दैन भन्ने अन्योल छ ।

विज्ञले त्यहाँ कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् । गएको २४ घण्टामा रुसमा २४ हजारभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ भने ७ सय ९६ जनाको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *