एनएमसीमा प्रस्ताव पत्र पेस गर्ने सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा
प्रस्ताव पत्र पेस गर्ने सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८।४।१०
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) द्वारा सञ्चालित विभिन्न व्यवसायका लागि आवश्यक सुरक्षा सहयोगी प्रदायक कम्पनी तथा विभिन्न शीषर्कमा बीमा गर्नुपर्ने भएकोले सम्बन्धित सेवा प्रदायक कम्पनीहरूबाट तपशीलका बुँदाका आधारमा रही प्रस्ताव पत्र आह्वान गरिन्छ ।
प्रस्ताव पत्र पेस गर्ने विषयहरु :
१. सुरक्षा सहयोगी प्रदायक कम्पनी
संस्था अन्तर्गतका व्यवसायहरु (बैङ्किङ, डेरी, सहकारी पसल, कृषि फर्म र चिया उद्योग)–का लागि
२.बीमा प्रदायक कम्पनी
बीमा गरिने क्षेत्रहरु :
१. संस्था तथा सदस्यका सवारी साधन बीमा
२. संस्था अन्तर्गतका भवन बीमा
३. सहकारी पसल बीमा
- कोटेसन पेस गर्ने अन्तिम मिति २०७८ साउन २० गते बुधबार तोकिएको छ ।
- कोटेसन संस्थाको काँकरभिट्टास्थित कर्पाेरेट कार्यालयमा बुझाउन वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
- सुरक्षा सहयोगी प्रदायक कम्पनी तथा बीमा कम्पनीले आ.व. २०७८।०७९ का लागि सूचीकृत गर्न बाँकी भएमा अनिवार्य सूचीकृत गराएर मात्र कोटेसन पेस गर्नु पर्नेछ ।
- सुरक्षा सहयोगीको हकमा प्रतिव्यक्ति मासिक पारिश्रमिक खुल्ने गरी दररेट उल्लेख गर्नु पर्नेछ ।
- कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
थप जानकारीका लागिः मो. ९८५२६८९४१५ (प्रशासन विभाग)
Comments