Sajhamanch Archive

सागमा पदक जित्ने खेलाडीलाई सम्मान

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा पदक विजेता खेलाडी सोमबार सम्मानित भएका छन् । नेपालमा आयोजना भएको सागमा स्वर्ण जित्ने खेलाडीलाई नेपाल एथलेटिक्स संघले एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो ।

१३ औं सागमा नेपालले एथलेटिक्सतर्फ ३ स्वर्णसहित कुल ८ पदक जितेको थियो ।

सागमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्दा एथ्लेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले स्वर्ण जित्ने प्रत्यक खेलाडीलाई जनही एक लाख दिने घोषणा गरेका थिए ।

सागमा सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले ५ हजार मिटर र किरण सिंह बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन् ।

यस्तै सोमबहादुर कुमालले ८ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले ५ हजार मिटर र दीपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जितेका थिए ।

खेलाडीहरुलाई एथलेटिक्स संघका अध्यक्ष राजिब बिक्रम शाह लगायतले पुरस्कृत गरे । पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष शाहले आफूले नेपाली खेलकुदको विकासका लागि आएको व्यक्ति भएकाले खेल र खेलाडीको विकासको विषयलाई प्रथामिकता दिने बताए ।

“म पैसाका लागि संघमा आएको होइन । नेपाली खेलकुदमा विकासका लागि मैले पाइला चालेको हुँ । जसको लागि मलाई सबैको सहयोगको खाँचो छ,” शाहले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *