Sajhamanch Archive

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।

सो आक्रमणको क्रममा २८ जना आतंककारी मारिएका सरकारी स्रोतले मंगलबार जानकारी दिएको छ । सेनाका प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान सहरलाई विभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकु विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकु मारिएका छन् ।

यस कारबाहीको विषयमा तालिबान लडाकुले कुनै टिप्पणी गरेका छैनन् । तालिबान लडाकु समूहले तखार प्रान्तका १६ वटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान सहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ ।

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धर्ना दिएका बताइएको छ । केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा, प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरुको भनाइ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *