कर्मचारीलाई कोरोना भएपछि ग्लोबल आइएमई बैंकको बिर्तामोड शाखा बन्द
Published:
by .झापा। बैंकका अधिकांश जसो कर्मचारीलाई कोरोना संक्रमण भएपछि ग्लोबल आइएमई बैंकको बिर्तामोड शाखा बन्द भएको छ ।
बैंकले सूचना जारी गरी असहज परिस्थितिका कारण सेवा बन्द गर्नु परेको जनाएको छ । सो बैंकमा कर्मचारी , सुरक्षा गार्ड र ड्राइभर गरी २३ जना स्टाफ छन् । त्यसमध्ये १८ जनालाई कोरोना संक्रमण देखिएको बैंकका प्रबन्धक पवनकुमार पौडेलले जानकारी दिए । उनले विगत चार दिनदेखि सेवा प्रवाह गर्न नसकिरहेको बताए ।
ग्लोबल आइएमई बैंकका धेरै कर्मचारीलाई संक्रमण देखिएको छ । चारआली , धरान , विराटनगर शाखाका कर्मचारीलाई पनि संक्रमण देखिएको छ । बैंक बन्द भएपछि समस्यामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । अहिलेको असहज परिस्थतिलाई बुझिदिन आग्रह गर्दै प्रबन्धक पौडेलले एक– दुई दिनभित्रै सेवा सुचारु गरिने जानकारी दिए ।
Comments