Sajhamanch Archive

खोप लगाउन चलचित्रकर्मीलाई विवरण पठाउन आग्रह

Published: in समाज, साहित्य by .

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कोरोनाविरुद्धको खोप लगाउन चलचित्रकर्मीहरुलाई आफ्नो विवरण पठाउन आग्रह गरेको छ ।

सरकारले चलचित्रकर्मीहरुलाई खोप लगाउने प्रवन्ध मिलाउने लिखित प्रतिवद्धता जनाएपछि कलाकार संघले विवरण माग गरेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउने अभियानमा संस्थावाट खोप लगाउने चलचित्रकर्मीको नाम, ठेगाना र उमेर उल्लेख गरी साउन १३ गतेभित्र विवरण पठाउन संघका अध्यक्ष रवीन्द्र खड्काले आग्रह गरेका छन् ।

“१५ गते खोप आए १६ गते र १६ गते खोप आए १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको छ,” अध्यक्ष खड्काले भने, “त्यसैले १३ गतेभित्र विवरण पठाइदिन हाम्रो आग्रह छ ।”

विवरण पठाउँदा १८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका नेपाली चलचित्रकर्मीको छुट्टाछुट्टै विवरण पठाई दिनसमेत उनले निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतलाई पत्राचार गरेको बताए ।

“खोप केन्द्र केहीदिनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोक्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भएको छ । यदि केन्द्रमा समस्या भए कलाकारहरुले भनेको ठाउँमा खोप लगाउने व्यवस्था गर्ने बताउनु भएको छ,” उनले भने ।

अध्यक्ष खड्काका अनुसार करिब तीन हजार चलचित्रकर्मीले खोप लगाउने अपेक्षा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *