Sajhamanch Archive

दुईवटा प्रदेशमा प्रमुख फेरिएः लुम्बिनीमा शेरचन, गण्डकीमा गुरुङ सिफारिस

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख हेरफेर गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको हो।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।

हाल गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेल र लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादव छन् । उनीहरुलाई केपी ओली नेतृत्वको सरकारको सिफारिसमा भण्डारीले नियुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले उनलाई गत वैशाख २० गते हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो ।

लुम्बिनीका प्रदेश प्रमुख यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । गण्डकीका प्रदेश प्रमुख नियुक्त भएका गुरुङ चितवनको कांग्रेस नेता हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *