Sajhamanch Archive

इस्तानबुलबाट ७ सय ९ आप्रवासी पक्राउ

Published: (Updated: ) in विश्व समाचार by .

काठमाण्डौ । टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् ।

टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ । जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ परेका इस्तानबुल प्रहरी बलले जनाएको छ । पक्राउ परेकाहरु अवैधरुपमा लुकेर बसीरहेका आप्रवासी हुन् । पक्राउ पर्नेहरुमध्ये धेरैजसो अफगानिस्तानका रहेका इस्तानबुल प्रहरी बललाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अफगानिस्तानमा हिंसाका घटना बढेसँगै शरणार्थीका रुपमा टर्की छिर्नेको संख्या बढ्दै गएको खबरमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *