टोकियो ओलम्पिक : चीनको अग्रता कायमै
Published:
by .काठमाडौं । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’को पदक तालिकामा चीनले अग्रता कायम राखेको छ । विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा आठौं दिन चल्दा चीनले अग्रता बनाएको छ ।
टोकियोमा जारी ओलम्पिक अन्तर्गत शुक्रबार दिउँसोसम्म कुल १२४ स्वर्ण पदकको टुङ्गो लागेको छ । जसमा ४१ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा रसियन ओलम्पिक टिमसहितका देशले स्वर्ण जितेका छन् ।
शुक्रबार दिउँसोसम्म पदक तालिकामा चीन शीर्ष स्थानमा यथावत छ । जापान र अमेरिकालाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको हो । चीनले १७ स्वर्ण पदकसहित कुल ३६ पदक जितेको छ ।
जापानले भने १५ स्वर्ण पदकसहित कुल २६ पदक जितेको छ । अमेरिकाले १४ स्वर्णसहित कुल ४१ पदक जितेको छ । अमेरिका तेस्रो स्थानमा छ ।
रसियन ओलम्पिक टिम १० स्वर्णसहित कुल ३१ पदक जितेर चौथो स्थानमा रहँदा अष्ट्रेलिया ९ स्वर्णसहित कुल २२ पदक जितेर पाँचौं स्थानमा छ ।
ग्रेट ब्रिटेनले ६ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ स्वर्ण जितेको छ । नेदरल्यान्ड्स, जर्मनी, क्यानडा, न्युजिल्याण्ड र फ्रान्सले ३/३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली, हंगेरी, स्लोभानिया, क्रोएसिया र कोसोभो छन् ।
एक स्वर्ण जित्ने राष्ट्रको संख्या २४ पुगेको छ । नेपालले भने ओलम्पिकमा सहभागिता जनाएर फर्कने भएको छ । नेपालका खेलाडीहरु पहिलो चरणबाटै बाहिरिएका छन् ।
Comments