Sajhamanch Archive

मेचीनगरका ५० बढी किसानलाई कृषि सामग्री वितरण

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by .

झापा । झापास्थित मेचीनगरका ५० भन्दा बढी किसानलाई कृषि सामग्री वितरण गरिएको छ । संघीय सांसद राम कार्की (पार्थ)को पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिकाका किसानहरूलाई कृषि सामग्री वितरण गरिएको हो ।

मोटरसहित कुटी काट्ने मेसिन १४ जनालाई, ब्रस कटर २ जनालाई, मिनि साइलेज १ जनालाई, एडिएटर २ जनालाई र ह्विलव्यारो ३० जनलाई गरी दश लाख बढी मूल्यको कृषि सामग्री किसानलाई वितरण गरिएको सांसद कार्कीका स्वकीय सचिव शिवु बुढाथोकीले जानकारी दिए ।

कृषी प्रधान देशलाई समृद्ध राष्ट्र निर्माण गर्न किसानको भुमिका महत्त्वपूर्ण हुने भएकोले उनीहरूलाई आत्मनिर्भर बनाउन उक्त कृषि सामाग्री वितरण गरिएको सांसद कार्कीले बताए । साथै उनले कृषि सामाग्रीलाई सहि सदुपयोग गर्न कृषकलाई आग्रह गरे ।

यता कृषि कर्मलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरी सामग्री समेत वितरण गरिएकोमा आफ्नो पेशामा सहज हुने भन्दै किसान र सरोकारवालाले सांसद कार्कीलाई धन्यवाद दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *