Sajhamanch Archive

बिर्तामोड नगरपालिकामा तालाबन्दी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । हिजो दिउँसो कोरोना विरुद्धको खोप होटलमा लगेर लुकाउने बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै विद्यार्थीहरुले आज कार्यालयको मुलगेटमा तालाबन्दी गरेका छन् ।

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको जिल्ला कमिटीका नेताहरुले शनिबार बिर्तामोड नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्दै उनीहरुले बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार सिवाकोटी, कोभिड फोकल पर्सन खड्का र स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलसहित खोप काण्डमा संलग्न सबैलाई छानबिन गरी कारबाही तथा बर्खास्त गर्न माग गरेका छन् । विद्यार्थीले खोप काण्डको निष्पक्ष हुनेगरी उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग पनि गरेका छन् ।

नगरपालिका कार्यालयको मूलगेटमा तालाबन्दी पछि विद्यार्थी नेताहरुले नगरपालिकाले अहिलेसम्म लगाएको खोपको प्रत्येक दिनको विवरण सार्वजनिक गर्न समेत माग गरेका छन् । विद्यार्थीले बिर्तामोड नगरपालिकाले खोप अभियानमा गम्भीर अनियमितता गरेको आरोप लगाएका छन् ।

हिजो शुक्रबार अपरान्ह साढे ३ बजेतिर बिर्तामोड एउटा होटलमा २०० डोज खोपसहित नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी ओम खड्का होटलमा भेटिएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीले होटलमा भएको खोपसहित खड्कालाई गिरफ्तार गरे पनि राति नै छाडिदिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *