Sajhamanch Archive

टोकियो ओलम्पिक : एकै स्पर्धामा दुई खेलाडीलाई स्वर्ण पदक

Published: in खेलकुद by .

झापा । टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेल अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । एकै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका हुन् ।

कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन् । यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार थिए । सन् १९१२ पछि एकै स्पर्धामा दुई खेलाडीले पहिलो पटक पदक जितेका हुन् ।

यो समयमा बेलारुसका माक्सिम नेदसेकाउले २.३९ मिटर उचाई पार गर्दै कास्य पदक जिते । आजको स्पर्धामा खेलाडीहरुले २ घण्टासम्म प्रस्तिस्पर्धा गरेका थिए । दुबै खेलाडीले पुरानो रेकर्ड तोड्ने प्रयास गरे पनि सकेका भने थिएनन् ।

त्यसपछि दुबै खेलाडीले स्वर्ण पदक बाड्ने निर्णय गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *