Sajhamanch Archive

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

Published: in खेलकुद by .

काठमाण्डौ । नेपाली राष्ट्रिय टोली क्रिकेटका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक विज्ञप्ति निकालेर खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको जनाएका छन् ।

सन् २००९ मा कप्तान भएका खड्काले २०१९ मा कप्तानी छोडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *