Sajhamanch Archive

अफगानिस्तानमा सेना र विद्रोही तालिबानबीच युद्ध

Published: in विश्व समाचार by .

काठमाण्डौ । अफगानिस्तानमा सेना र विद्रोही तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो ।

युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् ।

हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्तानमा तालिबानको गतिविधि बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *