पारसको संन्यास अप्रत्यासित : क्रिकेट संघका अध्यक्ष चन्द
Published: (Updated: )
by .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको संन्यास अप्रत्यासित भएको बताएका छन् ।
आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण शुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । अध्यक्ष चन्दका अनुसार मंगलबार बिहान करीब साढे ७ बजेतिर पारसले इमेल गरेर संन्यास लिन लागेको जानकारी गराएका थिए ।
पारसको संन्यासबारे चन्द भन्छन्, ‘कप्तानबाट राजीनामा दिए जस्तै अप्रत्यासित भयो ।’ यसबारे क्रिकेट संघको औपचारिक धारणा आउने समेत उनले बताएका छन् ।
Comments