Sajhamanch Archive

राष्ट्रिय विपद् जोखिम व्यवस्थापनद्वारा क्षतिको विवरण सार्वजनिक, बैशाख यता ६४ करोडको क्षति

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । वैशाख १ देखि साउन १९ गतेसम्म प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा विभिन्न घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ । भने ६४ करोड, १३ लाख, २१ हजार र ९ सय ४२ रुपैयाँ अनुमानित क्षति भएको छ ।

यसैगरी, प्राधिकरणले बाढीमा २९ जना, पहिरोमा ७ र हावाहुरीमा १ जना गरी ३७ जना अझै वेपत्ता रहेको जनाएको छ ।

यस्तै, विपद्बाट ३ सय ४४ जना घाइते भएका छन् । साथै, १ हजार ७ सय १२ जना घरपरिवार प्रभावित भएको प्राधिकरणले जारी गरेको विवरणमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *