प्रदेश १ मा कोरोना अपडेटः ४१३ जना निको हुँदा ९६३ थपिए, १२ को मृत्यु
Published:
by .विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज ४१३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८५ महिला र २२८ पुरुष छन् । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।
पालिकागत विवरण अनुसार झापाको बिर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा २७, मेचीनगरमा २४, अर्जुनधारमा १९, कनकाई र शिवसताक्षीमा १५–१५, बुद्धशान्तिमा ९, गौरादहमा ७, कमल गाउँपालिका र बाह्रदशीमा ५–५, हल्दिबारीमा ४ जना र स्थानीय तह नखुलेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङको विराटनगरमा ६२, बेलबारीमा ३७, सुन्दरहरैंचामा १३, उर्लाबारीमा ११, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ४, रंगेलीमा २, कटहरी, कानेपोखरी, केराबारी र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिएका छन् । यस्तै, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, रामधुनीमा ६, इनरुवा र बराहक्षेत्रमा ५–५, दुहवीमा १ र स्थानीय तह नखुलेका २ जना छन् ।
सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार धनकुटाको धनकुटा नगरपालिकामा ११, चौबीसे, छथर, महालक्ष्मी र शहीदभूमिमा १–१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, उदयपुरको त्रियुगामा ६, चौदण्डीगढी, बेलका र उदयपुरगढीमा २–२ र स्थानीय तह नखुलेका १ जना, इलामको इलाम नगरपालिकामा ५, फाकफोकथुम, चुलाचुली, रोङ र सूर्योदयमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
संखुवासभाको खाँदबारीमा २, पाँचखपन र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, फालेलुङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
Comments