Sajhamanch Archive

यूएईबाट जहाज ‘हाइज्याक’, इरान लगिँदै

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट अपहरण गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ हर्मुजतर्फ अघि बढिरहेको उसको भनाइ छ ।

हाइज्याक गरिएको जहाज कसको नियन्त्रणमा छ भन्ने यकिन नभए पनि यसमा इरानको हात रहेको आशङ्का गरिएको छ । तर, इरानका रिभोलुसनरी गार्डले भने सबै आरोपलाई खारेज गरेको छ ।

एक हप्ताअघि मात्र इजरायली तेल ट्याङ्करमाथि ओमन नजिकै ड्रोन हमला भएको थियो । सो घटनामा दुई जना सुरक्षा गार्डको मृत्यु भएको थियो । अमेरिका, बेलायत र इजरायलले उक्त घटनामा इरानमाथि आरोप लगाए पनि सो दाबीलाई इरानले खण्डन गर्दै आएको छ ।

बीबीसीका अनुसार एमभी अस्फाल्ट प्रिन्सेस दुबईमा रहेको एक कम्पनीको स्वामित्वमा रहेको छ । उक्त कम्पनीको एक जहाजलाई दुई वर्षअघि इरानकै रिभोलुसनरी गार्डले हाइज्याक गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *