Sajhamanch Archive

शेयर बजार लगातार चौथो दिन पनि बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । हप्ताको चौथो दिन पनि शेयर बजार बढेको छ । आज नेप्से १२ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार एक सय २३ दशमलव १५ विन्दुमा पुगेको छ ।

जलविद्युत् समूहको शेयर आज पनि उत्साहजनक रूपमा बढेको छ । आज जलविद्युत् समूहको शेयर एक सय ९४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ६५ अङ्कले, उत्पादनको २५, फाइनान्स समूहको ४४ र बैंकिङ समूहको साढे चार अङ्कले बढेको छ ।

आज माइक्रोफाइनान्स समुहको शेयर एक सय २५ र निर्जीवन बीमा समूहको शेयर ८३ अङ्कले घटेको छ । यस्तै होटलको आठ र जीवन बीमा समूहको शेयर तीन अङ्कले घटेको छ ।

आज दुई सय २५ कम्पनीका दुई करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन् । आज अपी पावरको झन्डै ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज अपी पावर, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, कालिका पावर, माथिल्लो तामाकोशी, युनियन लाइफ र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेपनि ङादी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै साढे पाँच अंकले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *