शेषपछिको हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा
हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/०४/२०
जिल्ला झापा बाह्रदशी २ बस्ने स्व. भक्तबहादुर आचार्य (सदस्य नं.६०२३८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल असार १ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बाह्रदशी २ बस्ने निजको श्रीमती हुतकुमारी आचार्यले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको सेयर तथा बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल असार ३० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
— एनएमसी राजगढ कार्यालय
Comments