Sajhamanch Archive

अष्ट्रेलियामाथि बंगलादेशको लगातार दोस्रो जित

Published: in खेलकुद by .

काठमाडौं । अष्ट्रेलिया बंगलादेशसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पनि पराजित भएको छ । बुधबार राति भएको खेलमा अष्ट्रेलिया बंगलादेशसँग ५ विकेटले हारेको हो ।

ढाकामा अष्ट्रेलियाले दिएको १२१ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका लागि अल्फिफ होसेनले सर्वाधिक ३७ रन जोडे । साविक अल हुसेनले २६ रन बनाउँदा मेहेदी हसनले २३ रनको योगदान गरे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्ट्रार्क, जोस हेजलउड, स्टोन अगर, आदम जाम्पा र आन्द्रे टेले समान एकरएक विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४५ रन जोडे । मोइस हेनरीक्युले ३० रन बनाउँदा मिचेल स्ट्रार्कले १३ रनमा आउट भए ।

बलिङतर्फ बंगलादेशका लागि मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए । सोरिफुल स्लामले २ विकेट झारे ।

यसअघि, मंगलबार भएको पहिलो टी–२० मा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो । पाँच खेलको शृंखलामा बंगलादेशले २–० को अग्रता बनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *