Sajhamanch Archive

विश्वभर २ अर्ब डोज खोप पु–याउने चिनियाँ राष्ट्रपति घोषणा, कोभ्याक्सलाई १० करोड डलर दिने

Published: in विश्व समाचार by .

एजेन्सीं । डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ । तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन । यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार यो वर्षभर विश्वभर २ अर्ब डोज खोप पु–याउने प्रयास गर्ने घोषणा गरेका छन् । यसमध्ये कति डोज खोप बिक्री गर्ने र कति डोज गरिब मुलुकलाई निःशुल्क दिनेछ भन्ने चाहिँ खुलाएको छैन ।

यसको साथै राष्ट्रपति सीले कोभ्याक्स कार्यक्रमलाई १० करोड डलर उपलब्ध गराउने पनि घोषणा गरेका छन् । यसलाई विश्व स्वास्थ्य सङ्गठनले सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तरगत गरिब देशलाई खोप उपलब्ध गराइन्छ ।

पछिल्लो केही महिना चीन र अमेरिकाबीच ‘भ्याक्सिन डिप्लोमेसी’ को होड चलेको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले १० करोड खोप आवश्यकताअनुसार देशहरूलाई वितरण गर्ने बताएका थिए । अर्को महिना १०० गरिब देशलाई अमेरिकाको फाइजर खोपको ५० करोड डोज दिन गइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *