आजबाट फ्रेन्च लिग वान सुरु हुँदै
Published:
by .
काठमाडौं । फ्रान्सेली लिग वान फुटबल आज (शुक्रबार)बाट सुरु हुँदैछ । नयाँ सिजन अन्तर्गतका खेलहरु आजबाट सुरु हुन लागेका हुन् । गत सिजन लिग वानको उपाधि लिलेले जितेको थियो ।
आज हुने पहिलो खेल दर्शकसहित हुनेछ । गत सिजन दर्शक विना नै लिग सकिएको थियो । आज हुने पहिलो खेलमा मोनाकोले नेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
मोनाकोको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।
लिग वानमा यो सिजन पेरिस सेन्ट जर्मन (पीएसजी) उपाधि दावेदारको रुपमा रहेको छ । पीएसजीले यो पटक युरोपाका ठूला खेलाडी अनुबन्ध गरेको छ ।
समर्थकसहित हुने प्रतियोगिताका लागि क्लबहरु पनि उत्साहित छन् । लिग वानमा समर्थहरु मैदान छिर्दा कोरोनाविरुद्धको खोप लगाएको हुनु पर्ने र कोरोना रिपोर्ट नेगेटिभ आएको हुनु पर्नेछ । त्यसपछि मात्र दर्शकले खेल हेर्न अनुमति पाउनेछन् ।
Comments