कारितासको सहयोगमा कमल गाउँपालिकाका सामुदायिक विद्यालयमा फलफुलका विरुवा रोपिए
Published:
by .कमल । कारितास नेपालको सहयोगमा कमल गाउँपालिकाका विभिन्न सामुदायीक विद्यालयमा फलफुलका विरुवा रोपिएको छ ।
कमल गाउँपालिकामा रहेको सामुदायीक विद्यालयमध्ये कारितास नेपालको प्रकोप न्युनीकरण तथा भु-क्षय नियन्त्रण र हरियाली व्यवस्थापनको क्षेत्रभित्र परेका ७ वटा विद्यालयको प्राङ्गणमा विभिन्न जातका फलफुलका विरुवा रोपिएको हो ।
रोपिएका विरुवामा आँप, लिची, काजु, कागती, अम्बा लगायतका विरुवाप्रति विद्यालयमा एक सय थानका दरले सात सय विरुवा रोपिएको कारितास नेपालले जनाएको छ ।
विद्यालय हाता भित्र रोपिएका फलफुल फल्न थालेपछि सोहि विद्यालयमा अध्यायनरत विद्यार्थीको खाजाको रुपमा प्रयोग गरिने ज्योती माध्यमिक विद्यालय कमल २ का साहायक प्रध्यानाध्यापक नारायण बस्नेतले जानकारी दिए ।
Comments