एनएमसी सहकारी पसलमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८।४।२४
संस्थाद्वारा सञ्चालित सहकारी पसल व्यवसाय अन्तर्गत बिर्तामोड र शनिश्चरे सहकारी पसल (NMC-COOP Shop) का लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिष्पर्धाको लागि निवेदन आह्वान गरिन्छ ।
विज्ञापन नं. : ४ (२०७८/०७९), बिर्तामोड सहकारी पसलका लागि
पद : कार्यालय सहायक सातौँ
संख्या : ५ (पाँच) जना
आधारभूत तलब : १५,२००।– (पन्ध्र हजार दुईसय)
अन्य सुविधा : संस्थाले तोकेबमोजिम
न्यूनतम शैक्षिक योग्यता : एसईई वा सोसरह
उमेर : १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको
विज्ञापन नं. : ५ (२०७८/०७९), शनिश्चरे सहकारी पसलका लागि
पद : कार्यालय सहायक सातौँ
संख्या : १ (एक) जना
आधारभूत तलब : १५,२००।– (पन्ध्र हजार दुईसय)
अन्य सुविधा : संस्थाले तोकेबमोजिम
न्यूनतम शैक्षिक योग्यता : एसईई वा सोसरह
उमेर : १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको
विज्ञापन नं. : ६ (२०७८/०७९), बिर्तामोड सहकारी पसलका लागि
पद : कोपसप सहयोगी पाचौँ
संख्या : ३ (तीन) जना
आधारभूत तलब : संस्थाको नियम अनुसार
अन्य सुविधा : संस्थाले तोकेबमोजिम
न्यूनतम शैक्षिक योग्यता : कक्षा ८ उत्तीर्ण
उमेर : २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको
विज्ञापन नं. : ७ (२०७८/०७९) बिर्तामोड सहकारी पसलका लागि
पद : सफाइ सहयोगी पाँचौँ
संख्या : १ (एक) जना
आधारभूत तलब : संस्थाको नियम अनुसार
अन्य सुविधा : संस्थाले तोकेबमोजिम
न्यूनतम शैक्षिक योग्यता : साधारण लेखपढ
उमेर : २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको
अन्य बुँदाहरुः
१. आवेदकहरुले संस्थाले तोकेको दरखास्त फारम, आवश्यक कागजातको प्रतिलिपि र व्यक्तिगत विवरण (Bio-data) सहित हस्तलिखित निवेदन विज्ञपान नं. ४, ६ र ७ को हकमा संस्थाको बिर्तामोड बैंकिङ कार्यालय र विज्ञापन नं. ५ को हकमा संस्थाको शनिश्चरे बैङ्किङ कार्यालयमा बुझाउन सकिनेछ । दरखास्त फारम संस्थाको वेबसाइट www.nmc.coop.np वा संस्थाका बैङ्किङ कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।
२. निवेदनका साथ हालसालै खिँचेको ३ प्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउनु पर्नेछ ।
३. आवेदन शुल्क विज्ञापन नं. ४ र ५ को हकमा रु. ३००।– (तीन सय) र विज्ञापन नं. ६ र ७ को हकमा रु. २००।– (दुईसय) तोकिएको छ ।
४. विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाण पत्र अनिवार्य पेस गर्नु पर्नेछ ।
५. आवेदकको उमेरको हकमा आवेदन भर्ने अन्तिम मितिलाई आधार मानिने छ ।
६. आवेदन शुल्क संस्थाको प्रधान कार्यालयको बचत हि.नं. 99-58-00000063, NMC SEWA AAYOG खातामा जम्मा गरी जम्मा गरेको भौचर आवेदन फाइलमा अनिवार्य राख्नु पर्नेछ ।
७. परीक्षा प्रणाली विज्ञापन नं. ४ र ५ को हकमा लिखित, मौखिक र कम्प्युटर प्रयोगात्मक हुनेछ भने विज्ञापन नं. ६ को लागि लिखित र मौखिक तथा वि.नं. ७ को हकमा मौखिक मात्र हुनेछ ।
८. अन्तिम छनोटमा परेका उम्मेद्वारहरुले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।
९. सेवाको प्रकृति करार हुनेछ ।
१०. सेवा अवधिको पहिलो ६ महिनालाई परीक्षणकाल मानिनेछ ।
११. स्थानीयलाई प्राथमिकता दिइनेछ ।
१२. संस्थाको कर्पाेरेट मानव संसाधन व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि २०७६ (संशोधन २०७८) बमोजिम, ग्रेड, साधारण भत्ता, बोनस, सञ्चिती बिदा र सामाजिक सुरक्षाकोष लगायतका अतिरिक्त सुविधा प्रदान गरिने छ ।
१३. आवेदन दर्ता गर्ने अन्तिम मिति २०७८ साउन ३२ गते सोमबार कार्यालय समयसम्म तोकिएको छ ।
१४. सम्पर्क मिति २०७८ भदौ २ गते बुधबार हुनेछ र सोही मितिमा परीक्षा सम्बन्धी जानकारी संस्थाको कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।
पुनश्चः अनावश्यक सिफारिसले आवेदकको योग्यता माथि प्रश्न चिह्न खडा हुने हो कि !
थप जानकारीका लागि सम्बन्धित बैङ्किङ कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
– एनएमसी सहकारी पसल व्यवसाय उपसमिति
Comments