Sajhamanch Archive

कार्वनल प्रोफेशनलको सौन्दर्य कार्यशाला गोष्टि सम्पन्न

Published: in विविधा, समाज by .

काठमाडौं । सौन्दर्य प्रशोधनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशप सम्पन्न भएको छ ।

कपालको सौन्दर्यप्रती ज्ञान बढाउनको लागि गरिएको कार्यशाला गोष्टिमा अन्तराष्ट्रिय हेयर ड्रेसर रायन राई र कस्टमेटिक साइन्सकि विज्ञ परिशी कारंजितले कपालको सौन्दर्यलाई कसरी निखारता ल्याउने, स्वास्थ्य राख्ने, कपालको प्रकृति अनुसार हेरचाह कसरी गर्ने भन्ने बारेमा जानकारी गराएका थिए। वरिष्ठ सौन्दर्यविदहरु सोनी कारंजित, रश्मिला श्रेष्ठ, रुश्का श्रेष्ठ, अनिता रायमाझी, रचना शाक्य, रेणु शाक्य राना, रिना अवाले, रुपा डाँगी, शारदा क्षेत्रि, सफलता थापा, शशि शाह र अनिता पौडेल लगायतका सयौं सौन्दर्यकर्मीहरुले कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशपमा सहभागिता जनाएका थिए।

कार्वनल प्रोफेशनल सौन्दर्य प्रशोधन क्षेत्रमा वरदान नै सावित भएको छ । कपालको प्रकृति अनुसार सबै प्रकारको कपालहरुलाई स्वास्थ्य, चम्किलो, स्ट्यालिस्ट, कलरिङ, ट्रिटमेन्टदेखि अन्य हरेक किसिमका सौन्दर्य उत्पादनहरु उपलब्ध भएको कार्वनल प्रोफेशनल सौन्दर्यकर्मीहरुको मात्र नभएर सेलेब्रेटिदेखि सर्वसाधारणहरुको समेत रोजाइमा परेको छ । कार्वनल प्रोफेशनलको प्रोडक्टहरुमा अर्गानिक बेस, लो केमिकल, भिटामिन-ई, कोलाजिन, एकाई वाईल, अर्गान वाईल, डबल ट्रिट्मेण्ट,हेयर कलर,थ्री इन वान स्ट्रेट क्रिम, केराटिन क्रिम लगायत सबै प्रकारका सौन्दर्य सामाग्री उपलब्ध रहेको कम्पनीका कार्यकारी निर्देशक नेत्र प्रशाद तिम्सिनाले बताएका छन्।

उक्त कार्यशाला गोष्टिमा कम्पनिका प्रोडक्टहरुको बारेमा जानकारी गराउनुको साथै सौन्दर्य सामाग्रीहरुको प्रयोग गर्ने तरिका, त्यसका फाइदाहरुको बारेमा विस्तृत रुपमा सौन्दर्यकर्मीहरुलाई थेउरी सँर्गै प्रायोगात्मक रुपमा बताइएको थियो । कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशपको संयोजकत्व रोज सिप विकाश तालिम केन्द्र रविभवनले गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *