Sajhamanch Archive

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

Published: in खेलकुद, मिडियाबाट साभार by .

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल १७१ औँ स्थानमा थियो । नेपाली टोलीले विश्वकप छनोट र एसियाकप छनोट खेलमा आफ्नो प्रर्दशनलाई सुधार गरेको थियो । नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईलाई हराएको थियो ।

नेपालले अहिले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले भदौ १७ गते र २० गते दुई खेल खेल्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *