साताको अन्तिम दिन नयाँ उचाइमा नेप्से
Published:
by .काठमाडौं । साताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले वृद्धि हुँदा सेयर बजार परिसूचक नेप्सेले नयाँ उचाइ कायम गरेको छ । बुधबार ३१६२.६० अङ्कमा बन्द हुँदा नयाँ उचाइ कायम गरेको नेप्से आज १६.३२ अङ्कले वृद्धि हुँदा ३१७८.९१ अङ्कको नयाँ उचाइमा पुगेर बन्द भएको छ ।
विकास बैंकले लिड गरेको बजारमा, वित्त कम्पनी उत्पादनमुलक, लगानी र बैंकिङ उपसूचकले पनि साथ दिएका छन् । जसले गर्दा नेप्से नयाँ उचाइ कायम गर्दै बन्द भएको छ । आज विकास बैंक उपसूचक सवार्धिक बढेको छ । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण राम्रो सार्वजनिक गर्नुको साथै पुँजीकोष अनुपात टाइट हुँदै गएका विकास बैंकलाई अगामी मौद्रिक नीतिले हकप्रद सेयरको बाटो खोल्नसक्ने अपेक्षामा विकास बैंक लगानीकर्ताको रोजाइमा परेको छ ।
आज विकास बैंक उपसूचक सवार्धिक ६.४ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक उपसूचक १.७३ प्रतिशत, लगानी उपसूचक १.४६ प्रतिशत, वित्त कम्पनी उपसूचक १.०८ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.४२ प्रतिशतले बढेको छ ।
यता व्यापार उपसूचक १.५१ प्रतिशतले गिरावट हुँदा होटेल तथा पर्यटन उपसूचक १.०५ प्रतिशत र हाइड्रोपावर उपसूचक पनि ०.६ प्रतिशतले घटेको छ । निर्जीवन बिमा, अन्य र लघुुवित्र उपसूचक पनि सामान्य घटेका छ ।
बुधबारको भन्दा बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार साढे १५ अर्बको कारोबार भएकोमा आज नेप्से ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजारको कारोबार भएको छ ।
आज धेरै रकमको सेयर कारोबार हुनेमा पनि विकास बैंक अगाडि देखिन्छन् । अप्पर तामाकोशीको सबैभन्दा धेरै रकमको कारोबार भएपनि धेरै कारोबार हुँने ५ कम्पनीमा ३ विकास बैंक रहेको छ । अपर तामाकोशीको सवार्धिक ६२ करोड ७९ लाख ९८ हजारको कारोबार हुँदा कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख ४४ हजार, शाइन रेसुङ्गा डेभलमेन्ट बैंकको जलविद्युत लगानी तथा विकास कम्पनीको ४४ करोड ६ हजार र गरिमा विकास बैंकको ४१ करोड ५८ लाख ४६ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएको मध्ये ७ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् कम्पनी जिवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् ।
यता पाँचथर पावरको कम्पनीको सेयरमूल्य सवार्धिक ३।९९ प्रतिशतले गिरावट हुँदा ओरियन्टल होटेलको सेयरमूल्य ३।८२ प्रतिशत, सारथि नेपाल लघुवित्तको सेयरमूल्य ३।५३ प्रतिशत र तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ३।५ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका १८६ कम्पनीमध्ये ९४ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८८ कम्पनीको घटेको छ भने ४ कम्पनीका स्थिर रहेको छ ।
Comments