कनकाई साप्ताहिक सातौं वर्षमा
Published:
by .झापा । झापास्थित कनकाई नगरपालिका केन्द्रविन्दु बनाएर प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौ बर्षमा प्रवेश गरेको छ ।
२०७२ सालबाट नियमित प्रकाशन हुदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ‘ख’ वर्गमा समेत वर्गिकृत हुदै आएको साप्ताहिक पत्रिका हो ।
कनकाई अनलाईन न्युज पोर्टलसमेत नियमित प्रकाशन हुदै आएको यस साप्ताहिक तथा अनलाईन कनकाई क्षेत्रकै पहिलो न्युज पोर्टल तथा साप्ताहिक हो ।
कनकाई साप्ताहिक सातौं वर्षमा प्रवेश गरेको सुखद अवशरमा पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले सम्पुर्ण पाठक, विज्ञापनदाता, लेखक, कर्मचारी तथा शुभेच्छुकमा धन्यावाद दिदै आगामी दिनमा थप परिमार्जिक विषयवस्तु पस्कने प्रतिवद्धता जनाए ।
कारोना कहरका विचपनि अनलाईन र पत्रिका समेत नियमित प्रकाशन गरि जनताको सुचना प्रतिको भोगलाई जगाईराख्न सफल भएको भन्दै यस्तै साथ र सहयोगको सबैसग झापालीले अप्रेक्षा राखेका छन् ।
Comments