Sajhamanch Archive

इन्धन बोकेको ट्याङ्कर विस्फोट, २० जनाको मृत्यु ७९ भन्दा बढी घाइते

Published: in विश्व समाचार by .

काठमाण्डौ । लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ ।

ट्याङ्कर विस्फोटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ ।

लेबनानका पूर्व राष्ट्रपति साद अल हरिरीले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपतिसँगै लेबनानका अधिकारीले विस्फोटको जिम्मेवारी लिनुपर्ने बताए।

उनले गएको वर्ष बेरुतमा बन्दरगाहामा भएको विस्फोटको घटनालाई जोड्दै अहिलेका राष्ट्रपति र सरकारी अधिकारीको राजीनामाको माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *