Sajhamanch Archive

काबुलबाहेकका प्रमुख सहर तालिबानको कब्जामा

Published: in विश्व समाचार by .

काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबान विद्रोहीले कब्जा गरेको छ ।

विद्रोहीले आज बिहानै पूर्वी सहर जलालाबाद नियन्त्रणमा लिएका छन् । यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन् ।

जलालाबादमा बिना कुनै क्षति तालिबानले सहज रुपमा कब्जा जमाएको समाचार संस्था रोयटर्सले जनाएको छ । योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ ।

तालिबान लडाकु राजधानी काबुलमा निराशा र डर छाएको छ । काबुलमा हजारौँ मानिस सडक छेउ अस्थायी क्याम्प बनाएर बसेका छन् । दूतावासका कर्मचारी, काबुलमा रहेका विदेशी नागरिकसँगै अफगानी नागरिक समेत विभिन्न तरिका अपनाएर बाहिर निस्कने प्रयास गरिरहेका छन् ।

काबुल कब्जा भएमा अफगानिस्तानको सरकार र सेनाका लागि ठूलो झड्का हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *