Sajhamanch Archive

अफगानी राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by .

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गरेको विवरणहरू प्राप्त हुन थालेका छन्।

समाचार संस्था रोएटर्सले आन्तरिक मामिला मन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिरेका हुन्।

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।

उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *