Sajhamanch Archive

रक्तपातबाट देशलाई बचाउन देश छोडेँ: राष्ट्रपति घानी

Published: in मुख्य समाचार, विश्व समाचार by .

काठमाण्डौ । अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् ।

तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति घानीले भने, – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’

उनले आफ्नो फेसबुक पेजमा देश छोड्नु परेको कारण लेख्दै यो निर्णय गर्न आफूलाई निकै कठिन भएको समेत बताए । तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले देशवासी, उनीहरुको सम्मान, सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको पनि बताए ।

यस्तै, उनले तालिबानले अब नयाँ ऐतिहासिक परीक्षाको सामना गर्ने पनि उल्लेख गरे । उनले लेखेका छन् – ‘तालिबानले देश र देशवासीको नाम र सम्मानको रक्षा गर्ने छन् कि अरु क्षेत्र वा नेटवर्कलाई प्राथमिकता दिने छन् ।’

धेरैमा तालिबानलाई लिएर विश्वास नरहेको अवस्थामा सबै पक्ष, सहयोग, क्षेत्र र विशेष गरि महिलाहरुको विश्वास प्राप्त गर्नु तालिबानको चुनौति रहेको पनि घानीले जनाए ।

तालिबान विद्रोही समूह राजधानी काबुलको बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि हिजो अफगानिस्तान छाडेका हुन् । घानी अफगानिस्तानबाट ताजकिस्तान पुगेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *