प्रदेश १ सहित अन्य दुई प्रदेशका तराई भू–भागमा वर्षाको सम्भावना
Published:
by .काठमाण्डौ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।
प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एक/दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । यस्तै, आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी पर्ने छ ।
अझै एक/दुई दिन मनसुन सक्रिय रहने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।
Comments