Sajhamanch Archive

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् ।

सोमबार विहान सामाजिक सञ्जाल ट्वीट मार्फत प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए ।

सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

सजगता र गम्भीरतापूर्वक सरकारले अभिभावकत्व जिम्मेवारी निभाउने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *