Sajhamanch Archive

हाइटीको भूकम्पमा मृतकको संख्या १३०० पुग्यो, सरकारद्वारा आपतकालको घोषणा

Published: in विश्व समाचार by .

एजेन्सी। गत शनिबार हाइटीमा गएको ७.२ माग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १३०० पुगेको छ । बीबीसीका अनुसार आज बिहानसम्म एक हजार २९७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सरकारी अधिकारीका अनुसार पाँच हजार ७०० जना घाइते भएको र सयौँको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्ने देखिएको छ ।

भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि हाइटी सरकारले आपतकालको घोषणा गरेको समाचार संस्था सीएनएनले जनाएको छ ।

सीएनएनका अनुसार सोमबार बिहानसम्म १३ हजार ६९४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको पुष्टि भएको छ । यस्तै, अन्य १३ हजार ७८५ घरमा क्षति पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *