Sajhamanch Archive

फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

Published: in समाज by .

मोरङ । फरार प्रतिवादीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । डाँका मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले मोरङको मिक्लाजुङस्थित टाँडीबाट पक्राउ गरेको हो ।

दुईवटा डाँका मुद्दामा अदालतले १५ वर्ष कैद सजाय हुने फैसला गरेको पदम विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धनकुटा जिल्ला अदालतले २०६२ भदौमा उनलाई ६ वर्ष कैद र ४५ हजार जरिवाना तथा असोजमा ९ वर्ष कैद र १ लाख ५५ हजार जरिवाना हुने फैसला गरेको थियो । पक्राउ पछि अदालतको अनुमति लिएर उनलाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ । अदालतले फैसला गरेको १६ वर्षसम्म उनी लुकिछिपी बसेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *