Sajhamanch Archive

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने सभामुखको रुलिङ

Published: in राजनीति by .

काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारेमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरूको बारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिए ।

तालिबान विद्रोही समूहले अफगानिस्तान कब्जामा लिएपछि अहिले त्यहाँको अवस्थालाई लिएर विश्वभरबाट नै चिन्ता व्यक्त भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *