प्रस्तावित बाह्रदशी जेसीजद्वारा अपाङ्गता भएका नागरिकलाई खाद्यान्न सहयोग
Published:
by .बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीजले बन्दाबन्दीका कारण खाद्यान्न अभावमा परेका अपाङ्गता भएका यहाँका अति विपन्न परिवारका लागि १० बोरा चामल र २ बोरा दाल वितरण गरेको छ ।
बन्दाबन्दीले भोकमरीमा परेका ५० जना अपाङ्गता भएका व्यक्तिको तत्काल गाँस जुटाउन जेसीजले हाम्रो बाह्रदशी अपाङ्गता अभियानका संयोजक सन्तोष सुवेदीलाई दाल र चामल हस्तान्तरण गरेको हो ।
प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका वडा नं ६ का सदस्य पुण्यप्रसाद पाठकको प्रमुख आतिथ्यमा खाद्यान्न हस्तान्तरण गरिएको थियो ।
करिव ५०० हाराहारी अपाङ्गता भएका नागरिक रहेको बाह्रदशीमा अति विपन्न ५० जना जति रहेको जनाइएको छ । हाम्रो बाह्रदशी अपाङ्गता अभियानका संयोजक सुवेदीले खाद्यान्नसँगै स्वास्थ्य सुरक्षा जोखिमसमेत व्यहोरेर अपाङ्ता भएका व्यक्तिहरू जीवन गुजारा गरिरहेको जानकारी गराए ।
कार्यक्रम संयोजक लक्ष्मीप्रसाद उप्रेतीले धन्यवाद दिएको कार्यक्रमको औचित्यमाथि कार्यकारी उपाध्यक्ष टंकबहादुर कार्कीले प्रकाश पारेका थिए भने कार्यक्रममा स्वागत कार्यकारी उपाध्यक्ष पुष्पलाल धमला र सञ्चालन महासचिव तीर्थराज काफ्लेले गरेका थिए ।
Comments