Sajhamanch Archive

अफगानिस्तानलाई दिँदै आएको अनुदान  विश्व बैंकद्वारा निलम्बन

Published: in मिडियाबाट साभार, विश्व समाचार, by .

काठमाडौं । विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको अनुदान निलम्बन गरेको छ ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूको सहयोग रकम रोक्का गरेको हो । बैंकले सन् २०२१ मा अफगानिस्तानको लागि ७८४ डलर विकास कोषको प्रतिबद्धता गरेको थियो ।

तालिबानको नियन्त्रणले देशको विकासका सम्भावनाहरू, विशेषगरी महिलाका लागि कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय भएको बैंकले उल्लेख गरेको छ ।

“हामीले अफगानिस्तानमा रकम वितरण रोकेका छौँ र आफ्नो आन्तरिक नीति तथा कार्यविधिहरूअनुसारको स्थितिलाई नजिकबाट निगरानी र मूल्यांकन गरिरहेका छौँ,” बैंकका प्रवक्ताले भने ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भुक्तानी निलम्बन गरेको एक दिनपछि विश्व बैंकले यस्तो कदम चालेको हो ।

जो बाइडेन प्रशासनले पनि अफगानिस्तानको केन्द्रीय बैंकका अमेरिकामा रहेको सम्पत्ति रोक्का गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *