Sajhamanch Archive

सिम्रिक साकोसले भद्रपुरका खनाल परिवारलाई दियो काजकिरिया खर्चवापत ५० हजार रुपैयाँ

Published: in समाज, सहकारी by .

भद्रपुर । जन्मदेखि मृत्युसम्म, सुखमा होस् या दुःखमा सदस्यको साथमा रहने प्रतिवद्धता जनाएको यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले भद्रपुरका खनाल परिवारलाई ५० हजार रुपैयाँ काजकिरिया खर्च प्रदान गरेको छ ।

संस्थाको भद्रपुर सेवा केन्द्र अन्तगतका शेयर सदस्य भिमादेवी खनालको भाद्र २ गते भएको निधनप्रति शोक व्यक्त गर्दै संस्थाको तर्फबाट आज खनाल परिवारमा नै पुगेर श्रद्धाञ्जलीसहित राहत प्रदान गरेको हो ।

संस्थाका विभागीय प्रमुख प्रेम बस्नेत, भद्रपुर सेवा केन्द्र प्रमुख गोपाल बिष्टसहित कर्मचारीहरुको उपस्थितिमा सदस्य स्वर्गीय खनालप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *